५७ औं अन्तर्राष्ट्रिय जातिय तथा रंगभेद उन्मुलन दिवस कार्यक्रम सम्पन्न
५७ औं अन्तर्राष्ट्रिय जातिय तथा रंगभेद उन्मुलन दिवस कार्यक्रम सम्पन्न नासो कम्युनिटी,ग्लोबल फोरम,आइसीडिआर,नोप्स युरोप,पिडिआरसी इन्टरनेशनल,दलित एकता संञ्जाल,एडवान,एलाइन्स फर सोसल जस्टिसको संयुक्त आयोजनामा ५७ औं अन्तर्राष्ट्रिय जातिय तथा रंगभेद उन्मुलन दिवस कार्यक्रम सम्पन्न भएको छ। नासो कम्युनिटी अमेरिकाका अध्यक्ष रोजेन्द्र सेन्चुरीको सभापतित्वमा भएको सो कार्यक्रममा ग्लोबल फोरमका अध्यक्ष तीर्थ बर्माबाट कार्यक्रममा उपस्थित प्रमुख अतिथि,अतिथि लगायत सम्पूर्ण अतिथिहरुलाई स्वागत मन्तव्यद्धारा स्वागत गरिएको थियो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री माननीय महेश्वर गहतराजको मन्तव्यबाट उद्घाटन गरिएको थियो।नोप्स युरोपका अध्यक्ष अर्जुन सुनारले...
