५७ औं अन्तर्राष्ट्रिय जातिय तथा रंगभेद उन्मुलन दिवस कार्यक्रम सम्पन्न – Global Forum Against Caste based Discrimination

५७ औं अन्तर्राष्ट्रिय जातिय तथा रंगभेद उन्मुलन दिवस कार्यक्रम सम्पन्न

५७ औं अन्तर्राष्ट्रिय जातिय तथा रंगभेद उन्मुलन दिवस कार्यक्रम सम्पन्न

नासो कम्युनिटी,ग्लोबल फोरम,आइसीडिआर,नोप्स युरोप,पिडिआरसी इन्टरनेशनल,दलित एकता संञ्जाल,एडवान,एलाइन्स फर सोसल जस्टिसको संयुक्त आयोजनामा ५७ औं अन्तर्राष्ट्रिय जातिय तथा रंगभेद उन्मुलन दिवस कार्यक्रम सम्पन्न भएको छ।

नासो कम्युनिटी अमेरिकाका अध्यक्ष रोजेन्द्र सेन्चुरीको सभापतित्वमा भएको सो कार्यक्रममा ग्लोबल फोरमका अध्यक्ष तीर्थ बर्माबाट कार्यक्रममा उपस्थित प्रमुख अतिथि,अतिथि लगायत सम्पूर्ण अतिथिहरुलाई स्वागत मन्तव्यद्धारा स्वागत गरिएको थियो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री माननीय महेश्वर गहतराजको मन्तव्यबाट उद्घाटन गरिएको थियो।नोप्स युरोपका अध्यक्ष अर्जुन सुनारले आफ्नो मन्तव्यसहित कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेका थिए।

कार्यक्रममा पिडिआरसी इन्टरनेशनलका भीम विकेले Role and Collective Efforts of Diaspora in Combating CBD & U का विषयमा र आइसीडिआरका अध्यक्ष डि बि. सागर विश्वकर्माले Reflection and Resiliency of Dalit Movement in Nepal का विषयमा विचार प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री माननीय महेश्वर गहतराज, राष्ट्रिय दलित आयोगका अध्यक्ष माननीय देवराज विश्वकर्मा,संविधान सभासद् कमला विश्वकर्मा,राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव नवराज सापकोटा, नेपाली राजदुतावास अमेकिाका चिफ डी अफियर्स कुमार राज खरेल,राष्ट्रिय दलित एकता सञ्जाल अन्तराष्ट्रिय संयोजक मोहन गदाल,तथा एडवानका महासचिव बिन्दु परियार थापाले यस दिवसको औचित्य, हाम्रा समुदायका सदस्यहरुले भोग्नु परेका छुवाछुत र विभेदका पीडाहरु,वर्तमान अवस्थाका बारेमा आआफ्नो मन्तव्य राखेका थिए।सो अवसरमा पोर्चुगलका पूर्ण विके,अधिकारकर्मी सरु सुनार,रामबहादुर बलकुटी,रविन सिवा,अमृत विश्वकर्मा,गंगालालले प्रश्न राखेका थिए । कार्यक्रममा नेपाल,पोर्चूगल,अमेरिका,बेलायत,जापान,भारतलगायतका विभिन्न देशहरुबाट सहभागिता रहेको थियो।प्रवासमा रहेर दलित हकहितका निम्ति कार्यरत संघसंस्थाहरुको संयुक्तरुपमा आयोजना गरिएको यो पहिलो र बृहत कार्यक्रम हो।

कार्यक्रमको अन्तमा एलाइन्स फर सोसल जस्टिसका धरम विश्वकर्माबाट धन्यवाद ज्ञापन गरिएको सो अवसरमा नासो कम्युनिटी अमेरिका अध्यक्ष राजेन्द्र सुनार सेच्युरीबाट मन्तव्यसहित सभा विसर्जन गरिएको थियो।कार्यक्रमको उद्घोषण नोप्स युरोपका महासचिव ललित परियारले गरेका थिए।

Copyright © GFACD. All rights reserved.

Designed and maintained by