कोलोराडो । जातिभेद विरुद्ध विश्वमञ्च ग्लोबल फोरमको आयोजनामा यही जुलाई १६, २०२५ का दिन अरोरा कोलोराडोमा आयोजित एक कार्यक्रममा नेपाली लोकगीतका बादशाह राजु परिवार सम्मानित भएका छन् ।

ग्लोबल फोरमका अध्यक्ष पदम विश्वकर्माको ‘सभापतित्वमा आयोजित उक्त कार्यक्रममा नेपाली लोकगीतका क्षेत्रमा राजु परियारले सुमधुर स्वर, जीवन्त प्रस्तुति र गायनमार्फत नेपाली लोक संगीतको संरक्षण, संवर्द्धन र संवृद्धिका क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै सम्मान गरिएको हो । कार्यक्रममा नेपाली लोकगीत संघका पूर्व अध्यक्ष चन्द्र शर्मालाई पनि खादा ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमका अवसरमा नेपाली लोकगीतका क्षेत्रमा चन्द्र शर्मा र राजु परियारले पु¥याएको विशिष्ट योगदानको चर्चा गरिएको थियो ।

फरमका महासचिव अमृत विश्वकर्माद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा फोरमका सदस्य अर्जुन बगालेले स्वागत मन्तव्यबाट कार्यक्रममा उपस्थित अतिथि एवं सहभागीहरूलाई स्वागत गरेका थिए । कार्यक्रममा ग्लोबल फोरमका आजीवन तथा साधारण सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा लोकगीत गायक चन्द्र शर्मा र लोकगीतका बादशाह राजु परियारले नेपाली चर्चित लोकगीतहरू गाएर आफ्नो प्रस्तुतिबाट मनोरन्जन प्रदान गरेका थिए ।
news covered by: https://usnepaltoday.com/content/902/