कोलोराडोमा ६१ औं अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवस सम्पन्न – Global Forum Against Caste based Discrimination

कोलोराडोमा ६१ औं अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवस सम्पन्न

जातिभेद विरुद्ध विश्व मञ्च, ग्लोबल फोरमको आयोजनामा आज कोलोराडोमा ६१ औं अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवस तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोछ ।

संस्थाका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नर्दन कोलोराडो विश्व विद्यालयका प्रा. डा. रिचार्डको विशेष उपस्थितिमा र कोलोराडोस्थित ग्लोबल फोरमका सदस्यहरूको उपस्थिति रहेको थियो ।

संस्थाका महासचिव अर्जुन वगालेको उद्घोषणमा सम्पन्न सो कार्यक्रमको आरम्भमा सार्क भिल्लेको घटनामा मृतक सदस्यहरु, नवराज विके, इनिसा विके लगायत सबै मृतात्माहरूको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो । कोषाध्यक्ष हर्क बराइलीको स्वागत मन्तव्य र उपाध्यक्ष अमृत विश्वकर्माले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेका थिए भने महासचिव बगालेले मार्च २१ तथा अन्तर्राष्ट्रिय महासन्धीलगायत अन्य कानूनको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा अध्यक्ष विश्वकर्माले संस्थाको स्थापना, उद्धेश्य, गतिविधि र संगठनको बारेमा प्रकाश पार्दै संस्थाको विधि विधानको बारेमा चर्चा गरेका थिए ।

यसैक्रममा डा. रिचार्डले आफ्नो संग्लनता, कार्यगत एकता तथा सहकार्यका क्षेत्रहरुका बारेमा चर्चा गरेका थिए । सो अवसरमा शंकर गहतराज, नवराज नेपाली, मानकाजी विके, कमल परियार, राजेश विके, पवन विश्वकर्मा, प्रकाश घतानीलगायतले आआफ्नो जिज्ञासा र सुझाव प्रकट गरेका थिए ।

कार्यक्रमको अन्तमा ग्लोवल फोरमको कोलोराडो च्याप्टर गठन गरिएको छ । च्याप्टरको अध्यक्षमा शंकर गहतराज, बरिष्ठ उपाध्यक्षमा नवराज नेपाली, सचिवमा कमल परियार, कोषाध्यक्षमा मानकाजी बिके, महिला संयोजकमा आकृति विश्वकर्मा, युवा संयोजकमा प्रस्तुत विश्वकर्मा र सदस्यहरूमा विमला वगाले र उमेश विश्वकर्मा रहेका छन् । कार्यक्रममा उपस्थित सहभागीहरूको एकमतले सो चयन गरेको हो । विधानअनुसार एक सदस्यको मनोनयन च्याप्टरको कार्यसमितिको निर्णयबाट पछि गरिने छ ।

कार्यक्रमको अन्तमा अध्यक्ष विश्वकर्माले सहभागी सबैलाई धन्यवाद र नवगठित कार्यसमितिलाई बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

 

Copyright © GFACD. All rights reserved.

Designed and maintained by