जातिभेद विरुद्ध विश्व मञ्च, ग्लोबल फोरमको नयाँ कार्यकारी समिति गठन – Global Forum Against Caste based Discrimination

जातिभेद विरुद्ध विश्व मञ्च, ग्लोबल फोरमको नयाँ कार्यकारी समिति गठन

जातिभेद विरुद्ध विश्व मञ्च, ग्लोबल फोरमको २०२५–२०२८ का लागि नयाँ कार्यकारी समिति चयन भएको छ ।

ग्लोवल फोरमको डिसेम्बर १४, २०२५ मा सम्पन्न महाधिवशनबाट पदम विश्वकर्मा (अमेरिका) को अध्यक्षतामा नयाँ कार्यकारी समिति गठन भएको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा मोतिलाल नेपाली (नेपाल), उपाध्यक्षमा अमृत विश्वकर्मा (अमेरिका), महासचिवमा अर्जुन बगाले (अमेरिका), सचिवमा अनिता परियार (अमेरिका) र कोषाध्यक्षमा हर्क बराइली (अमेरिका), तथा सदस्यहरूमा धनबहादुर विक (जापान), डा. शोभा नेपाली (अष्टेलिया), निर्विरोध निर्वाचित हुनु भएको हो । डिबी सागर प्रमुख निर्वाचन आयुक्त र सदस्यहरूमा डा. विष्णुमाया परियार र डा. निर्मल विश्वकर्मा रहनु भएको निर्वाचन समितिले संस्थाको विधान बमोजिम निर्वाचन प्रक्रिया सम्पन्न गरिएको हो ।

यसै गरी बाँकी पदहरूमा संस्थाको विधान बमोजिम कार्यसमितिको बैठकबाट मनोनयन गरिएको हो । युवा संयोजकमा हरिशरण परियार (पोर्चुगल), महिला संयोजकमा पम्फा परियार (नेपाल) र सदस्यहरूमा नवराज बिक (कतार), साम्राज्ञी विश्वकर्मा (नेपाल), सिजेन्द्र सदा (नेपाल) रहेका छन् ।

Copyright © GFACD. All rights reserved.

Designed and maintained by