
काठमाडौं ।
जातिभेद विरूद्ध विश्वमञ्च ग्लोबल फोरम, राष्ट्रिय दलित आयोग, नोप्स यरोप र दलित गैरसरकारी संस्था महासंघको आयोजनामा यही जलाई १३, २०२५ का दिन काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच विश्वव्यापी आवधिक समीक्षा (यपिआर) को राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न भएका छ ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष माननीय देवराज विश्वकर्माको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अज्ञ अधिकारी, कपिल अर्याल, रूप सनारले यपिआरमा समावेश गरिने विषयवस्तका बारेमा चर्चा गरेका थिए भने ग्लोबल फोरमका अध्यक्ष पदम विश्वकर्मा र नोप्स यरोपका अध्यक्ष अर्जन सनारले डायस्पोरामा विभेदको अवस्था र ती अवस्थाहरू यपिआरमा समावेश गरिन पर्ने विषयवस्तका बारे विस्तृत जानकारी प्रस्तत गरेका थिए । कार्यक्रममा ग्लोबल फोरमका सचिव शशिल बिकेले मोडरेटरको भमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा प्रतिनिधि र राष्ट्रिय सभाका माननीय सदस्यहरू, विभिन्न पार्टी तथा दलित भातृ संगठनका नेताहरू, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोगका प्रतिनिधिहरू, दलित नागरिक समाजका पदाधिकारीहरू, बद्धिजिवीहरू, ग्लोवल फोरमका पदाधिकारीहरू, नोप्स यरोपका पदाधिकारीहरू, दलित गैरसरकारी संस्था महासंघका पदाधिकारीहरू, पत्रकारहरूको उपस्थिति रहेको थियो।
News covered by: https://usnepaltoday.com/content/902/