काठमाडौं ।
जातीय विभेद विरुद्ध विश्व मन्च (ग्लोबल फोरम) को आयोजनामा मार्च २०, २०२४ का दिन काठमाडौंस्थित अल्फा हाउस, नयाँ बानेश्वरमा ५९ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस तथा राज्यसत्तामा दलित समुदायको पहँुच र मुक्तिका लागि वैचारिक बहस विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष पदम विश्वकर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल सरकारका मन्त्री शक्तिबहादुर बस्नेत, माननीयहरू रणेन्द्र बराली, भुवन सुनार, कमला पन्त, रघु पन्त, बुद्धिजिवी दमननाथ ढुंगाना लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, नागरिक समुदायका प्रतिनिधिहरू, बुद्धिजिवीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव तथा ग्लोबल फोरमका सल्लाहकार डा. मानबहादुर विकेले नेपालको वर्तमान अवस्थामा दलित समुदायको प्रतिनिधित्वका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । यसैगरी ग्लोबल फोरमका सचिव सुशिल बिकेले टेक्निकल सेसनको मोडरेट गर्नुभएको थियो ।
करिब सयजनाको उपस्थिति रहेको उक्त कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष मोतीलाल नेपालीबाट कार्यक्रमको उदेश्यका बारेमा र निवर्तमान अध्यक्ष तीर्थ बर्माबाट स्वागत मन्तव्य राखिएको थियो ।