राज्यका निकायहरूमा दलित समुदायको समानुपातिक प्रतिनिधित्वको सवाल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न – Global Forum Against Caste based Discrimination

राज्यका निकायहरूमा दलित समुदायको समानुपातिक प्रतिनिधित्वको सवाल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोलोराडो ।
जातिभेद विरुद्ध विश्व मञ्चको आयोजनामा अगष्ट २४, २०२४ का दिन भर्चुअल माध्यमबाट राज्यका निकायहरूमा दलित समुदायको समानुपातिक प्रतिनिधित्वको सवाल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
ग्लोबल फोरमका अध्यक्ष पदम विश्वकर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पूर्व मन्त्री महेश्वर गहतराज, रास्वपाका प्रवक्ता सन्तोष परियार, समाजवादी पार्टीकी नेतृ दुर्गा सोब, मुक्ति समाजका अध्यक्ष मनोहर पौडेल, ग्लोबल फोरमका सल्लाहकार डा. द्रोण रसालीले राज्यका निकायहरूमा दलित समुदायको समानुपातिक प्रतिनिधित्वको सवालका विषयमा आआफ्नो मन्तव्य राख्नु भएको थियो ।
संस्थाका महासचिव अमृत विश्वकर्माको संचालनमा भएको उक्त कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष मोतीलाल नेपालीबाट स्वागत मन्तव्य र निवर्तमान अध्यक्ष तीर्थ बर्माबाट कार्यक्रमको उदेश्यका बारेमा मन्तव्य राखिएको थियो । कार्यक्रममा विभिन्न विषयमा सहभागीहरूबाट जिज्ञासा राखिएको थियो ।
कार्यक्रमको अन्तमा सभापति विश्वकर्माले प्रमुख अतिथि तथा अन्य विशिष्ट अतिथिहरूको विचार, सहभागिता र अन्य सहभागीहरूको सहभागिताको लागि धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम अत्यन्तै प्रभावकारी भएको र यस्ता कार्यक्रमहरू नियमित रुपमा आयोजना हुनुपर्ने सहभागीहरूको धारणा थियो ।

Copyright © GFACD. All rights reserved.

Designed and maintained by